अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय

काठमाडौं, ११ भदौं । सरकारले विभिन्न अध्यादेशहरु स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरको छ ।
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले शिक्षा सेवा, स्वास्थ्य सेवा, निजामती सेवा, लाइसन संशोधन र सत्य निरुपण तथा मेलमिलाप एवं बेपत्ता खोजबिन अध्यादेश रहेको स्वास्थ्य मन्त्री राजेन्द्र महतोले बताए ।
यस अघि सरकारले पठाएका निर्वाचन सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिले जारी गर्न नमाने पछि सरकारले अत्यावशेक अध्यादेशहरु परामर्श गरेर जारी गर्न पठाउन लागेको हो ।

प्रतिक्रिया