बहिरा व्यक्तिहरुको भेला काभ्रेमा

काभ्रे, १० भदौ । नेपालभरीका बहिराहरुको एउटै भाषा र संचारमा पहुँच अभिबृद्धि गर्ने उदेश्यले बनेपामा देशभरका बहिराका प्रतिनिधिहरु छलफलमा जुटेका छन् ।
नेपाली सांकेतिक शब्द अनुमोदनका लागि बहिराहरुले देशभरका बहिराहरुको भेला शुरु गरेका हुन् । आजबाट शुरु भएको भेला शनिबार घोषणापत्र जारी गर्दै समापन हुनेछ ।
देशभरका बहिरा विद्यालय, बहिरा संघ, दोभासे र भाषासँग सम्वन्धित ब्यक्ति एवं प्रतिनिधिहरुको भेलामा सहभागिता छ ।
७ दिनसम्म बहिराहरुले प्रयोग गर्ने भाषालाई नै लिपिवद्ध गरी अनुमोदन गरेर सरकारलाई बुझाउने राष्ट्रिय बहिरा संघका अध्यक्ष कल्पना बर्जाचार्यले बताईन् ।

प्रतिक्रिया