गरिमा मिस लिटिल आइडल

काठमाडौं : यस वर्षको मिस लिटिल आइडलको ताज राजधानीकी गरिमा ज्ञवालीको हातमा परको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित शनिबार अन्तिम प्रतिस्पर्धामा उनले ताजसँगै मिस ट्यालेन्ट विधाको उपाधि पनि जितिन् । उनले पुरस्कारबापत १५ हजार नगद प्राप्त गरिन् ।
प्रतियोगितामा फस्ट रनरअप जोफेन लामा र सेकेन्ड रनरअप सिम्रन खड्का भए । उनीहरूले क्रमश: १० हजार र ५ हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा मिस डिसिप्लेन रीतास्मा राणा, मिस फङसुअल माया शाही, मिस इनोसेन्ट सुरंगना शाह, बेस्ट स्माइल सिम्रन थापा, बेस्ट हेयर कृष्टिना योन्जन घोषित भए । एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा लस्ता महर्जन फ्रेन्डसिप, सोनु थिङले मिस फोटोजेनिक र एन्जिला राईले मिस पर्सनालिटी भए ।
संगीतकार बुलु मुकारुङ, निर्माता नवल खड्का, नायिका रेजिना उप्रेती, सञ्चारकर्मी हेम सुवेदी, गायिका रेखा शाह, जयन सुब्बा मानन्धर, सुधन दाहाल र केएम रञ्जितकार निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । उपत्यकाका २९ स्कुलका विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । (सौस)

प्रतिक्रिया