मिस ग्लोबल बन्न प्रतिभा प्रदर्शन

काठमाडौं : मिस ग्लोबल इन्टरनेसनल–२०१२ मा १७ प्रतिस्पर्धीले प्रतिभा प्रदर्शन गरेका छन् । शनिबार आयोजित ट्यालेन्ट शोमा अधिकांश प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरे । केहीले गीत गाए, कसैले अभिनय देखाए । सो ट्यालेन्ट शोको निर्णायकमा गायिका माण्डवी त्रिपाठी र सञ्चारकर्मी शिरोमणि दवाडी थिए । प्रतियोगितामा शीर्ष उपाधिसहित बेस्ट मार्केटिङ, मिस पर्सनालिटी, मिस फोटोजेनिक, मिस ट्यालेन्ट, मिस ड्ेरस, मिस फ्रेन्डसिप, मिस बेस्ट वाक र बेस्ट फिगर गरी १२ विधामा पुरस्कार दिइने आयोजकले बतायो । (सौस)

प्रतिक्रिया