चार छात्राको मृत्यु, ६५ भन्दा बढी बिरामी

जुम्ला, ९ भदौ । अज्ञात रोगका कारण कालिकोट जिल्लाको ख्मिना गाविसस्थित कालिका निमाविमा अध्ययनरत चार छात्राको मृत्यु भएको छ ।
अज्ञात रोगकै कारण ६५ भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थी विरामी परे पछि भदौ–६ गतेबाट विद्यालय बन्द भएको प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।
कालिकोट जनस्वास्थ्य कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि वेवास्ता भएको बुढाले गुनासो गरे ।
स्थानीय बासिन्दाले रोगको उपचार गर्न माग गरेर स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।
यसैवीच, पृथ्वी राजमार्गअन्र्तगत चितवनको कुरिनटार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको लु १ च ४२९३ नम्बरको कुखुरा बोकेको जीप विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ६०२० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा जहदा–९ नवलपरासी बस्ने ३० वर्षीय प्रदीप हरिजन र सुनवल बस्ने २३ वर्षीय जीप चालक कृष्ण बराल रहेका छन् । गम्भीर घाइते नवलपरासी बर्दाघाटका १८ वर्षीय प्रकाश थापा रहेको उपचार भईरहेको छ ।

प्रतिक्रिया