बस दुर्घटना दुईको मृत्यु/२५ घाईते

मकवानपुर, ९ भदौं । मकवानपुर जिल्लामा आज यात्रु बाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ यात्रु घाईते भएका छन् ।
बसामाडी–२, बस्तीपुरस्थित सडकमा पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग.१ ख २२४४ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्याधिक गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएर पल्टीएको प्रहरीको प्रारम्भीक अनुमान छ । घाईतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया