सञ्चारकर्मीले संघको कार्यक्रम बहिष्कार गर्ने

जाजरकोट, ९ भदौ । स्थानीय सञ्चारकर्मीहरुले जाजरकोट उद्योग वाणिज्य संघको कार्यक्रम वहिष्कार गर्ने चेतावनी दिएका छन् ।
संघका अध्यक्ष कमानबहादुर खड्काले समाचार सम्प्रेषणको विषयमा स्थानीय पत्रकारहरुलाई गाली गलौज गर्दै धम्कीपूर्ण विज्ञप्ति सार्वजनिक गरेपछि विरोधस्वरुप उनीहरुले संघका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
संघको चुनाव एक वर्षका लागि गैरकानूनी रुपमा सारेको भन्ने समाचारलाई लिएर अध्यक्ष खड्काले सञ्चारकर्मी विरुद्ध आक्रोश पोखेका थिए । स्थानीय पत्रकारहरुले खड्काले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै शान्ति सुरक्षाको माग समेत गरेका छन् ।
खड्काले विहीबार सञ्चारकर्मीहरुलाई धम्की दिएर विज्ञप्ति प्रकाशित गरेपछि उनीहरु संघको समाचार बहिष्कार गर्ने निर्णयमा पुगेका हुन् ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखा, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गरेर खड्काले प्रेस स्वतन्त्रतामा आँच पुग्ने गरी बोल्ने कार्यको विरोध जनाएका छन् ।

प्रतिक्रिया