विवाहको सोचमा छैनन् कुनिस

अमेरिकी अभिनेत्री मिला कुनिसको विवाहको प्रसंगले कतिपय फ्यान उत्साहित भए पनि उनका पुरुष फ्यानले यस्तो हल्लालाई खासै रुचाएको देखिएन । तर, कुनिसले आफ्नो भविष्यबारे हालसालै गरेको खुलासाले पुरुष फ्यानलाई खुसी पारेको हुनुपर्छ ।
अभिनेत्री कुनिसले निकट भविष्यमै लगनगाँठो कस्ने आफ्नो सोच नभएको प्रस्ट पारेकी छन् । वैवाहिक र प्रेमसम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा पनि उनले मुख खोलेकी छन् । २९ वर्षीया कुनिसले भनिन्, ‘सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै दुईबीचको आत्मीयता हो ।’
आत्मीय व्यक्तिको पर्खाइमा आफू रहेको उनले लुकाइनन् । ‘त्यस्तो मानिसको चाहना कसलाई पो हुँदैन होला र ? तर, विवाहबारे मैले कुनै सोच बनाइसकेकी छैन किनकि विवाहको आवश्यकता मलाई खड्किएकै छैन ।,’ उनले भनिन् ।
अरूको खुसीका लागि त्याग गर्नुपर्छ भन्ने मान्यता उनलाई मन पर्दैन । भन्छिन, ‘त्याग आवश्यक छ जस्तो मलाई लाग्दैन । हो, सम्झौता हुनसक्छ तर प्रेममा त्याग गरेको मलाई मन पर्दैन,’ दार्शनिक पारामा कुनिसले सुनाइन् । (एजेन्सी)

प्रतिक्रिया