गठबन्धनद्वारा नौं सदस्सीय सचिवालय गठन

काठमाडौं, ८ भदौ । सरकारलाई समर्थन गर्ने दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले नौ सदस्सीय सचिवालय गठन गर्ने निर्णय गरेको छ ।
एमाओवादीको पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको बैठकले गठबन्धनका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा नौं सदस्सीय सचिवालय गठन गरेको गठबन्धकी सदस्य रुक्मीणी चौधरीले जानकारी दिईन ।
सचिवालयका सदस्यमा जितेन्द्र देव, लक्ष्मणलाल कर्ण, रुक्मीणी चौधरी, विश्वयन्द्र पासवान, सद्रुल मियाँ, केशवमान शाक्य, मालबर सिंह थापा र प्रवक्ता प्रेमबहादुर सिंह रहेका छन् ।
सचिवालयले बैठक राख्ने, आवश्यक योजना तर्जुमा गर्नेलगायतका काम गर्ने चौधरीले बताईन ।
त्यसै गरेर गठबन्धनले राजनीतिक सहमति जुटाउन एमाओवादीका अध्यक्ष समेत रहेका संयोजक दाहाललाई अधिकार दिएको छ । दाहालले कांग्रेस, एमालेलगायतका दलहरुसँग परामर्श गरेर सहमतिका लागि पहल गर्ने छन् ।
बैठकले भदौं–१९ गते राजधानीमा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ । अन्तरक्रियामा सबै राजनीतिक दललाई बोलाईने सदस्य चौधरीले बताईन ।
विपक्षी दलहरु नरहेको गठबन्धनमा पूर्व एक स्वतन्त्र सभासद सहित २१ दल आबद्ध छन् ।

विज्ञप्ति

आज मिति २०६९ भदौ ८ गतेका दिन संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठक अध्यक्ष कमरेड पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भयो । सो बैठकले निम्न निर्णहरू गरेको बेहोरा सार्वजनिक गरिन्छ ।
१.बैठकले कमरेड अध्यक्षको अध्यक्षतामा एउटा नौ सदस्यीय सचिवालयको गठन गरेको छ । सो निम्न बमोजिम छ ।
क) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’    –    अध्यक्ष
ख) श्री प्रेमबहादुर सिंह    –    प्रवक्ता
ग) श्री जितेन्द्र देव    –    सदस्य
घ) श्री लक्ष्मणलाल कर्ण    –    सदस्य
ङ) श्रीमती रुक्मिणी चौधरी    –    सदस्य
च) श्री विश्वेन्द्र पासवान    –    सदस्य
छ) श्री डा. केशवमान शाक्य    –    सदस्य
ज) सद्रुल मियाँ हक    –    सदस्य
झ) श्री मालवरसिंह थापा    –    सदस्य
२.    तत्काल राजनीतिक सहमतिको पहल गर्न गठबन्धनका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भयो ।
३.    बैठकले भाद्र १९ गते दिनको १ः०० बजे ‘सर्वपक्षीय राजनीतिक अर्न्तक्रिया’ को आयोजना गर्ने निर्णय गरेको छ ।
४.    बैठकले गठबन्धनको कार्यालय स्थापनाको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गर्‍यो

०८ भदौ, २०६९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन

प्रतिक्रिया