पूर्व गुप्तचर प्रमुखकी पत्नी पक्राउ

काठमाडौं, ७ भदौ । ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी पत्नी प्रतिमासिंह भट्टलाई नियन्त्रणमा लिएको छ ।
विभिन्न स्थानमा जागिर लगाई दिने भन्दै रकम लिएको उजुरीका आधारमा प्रतिमालाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर हनुमानढोकाले जनाएको छ ।
उनलाई राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनेर रकम लिने गरेको आरोप छ । पक्राउ पछि उनलाई प्रहरीले हनुमानढोका लगेको थियो ।

प्रतिक्रिया