विधान अधिवेशन रोक्न निर्देशन

काठमाडौं, ७ भदौ । विपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुको प्रथम नीति तथा विधान सम्मेलन–२०६९ तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी समिति बैठकले विधान अधिवेशन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको स्थायी समिति सदस्य भरतमोहन अधिकारीले जानकारी दिए । अनेरास्ववियुले यही भदौ ९, १० र ११ गते राजधानीमा तीन दिनसम्म विधान सम्मेलन गर्ने अन्तिम तयारी गरेको थियो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत अनौपचारीक छलफल भएको छ । बैठकले राष्ट्रिय सहमतिका लागि कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई बाधक रहेको आरोप लगाउँदै आन्दोलनलाई थप शसक्त बनाउने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया