क्विटो : लन्डनस्थित इक्वेडर दूतावासमा शरण लिएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई दूतावासभित्रै पसेर पक्राउ गर्ने भनाइ फिर्ता लिन इक्वेडरले बेलायतलाई चेतावनी दिएको छ । स्विडेनले असान्जलाई सुपुर्दगी गर्न बेलायत सरकारलाई औपचारिक रूपमा आग्रह गरेपछि बेलायतले इक्वेडरसँग असान्जलाई बेलायती प्रहरीको जिम्मा लगाउन आग्रह गरेको थियो । तर, वाक्स्वतन्त्रताका पक्षपाती असान्जलाई हस्तान्तरण गर्न इक्वेडरले आनाकानी गरेपछि बेलायतले दूतावासभित्रै प्रवेश गरी असान्जलाई पक्राउ गर्ने चेतावनी दिएको थियो । एक टेलिभिजन कार्यक्रममा इक्वेडरका राष्ट्रपति राफेल कोरियले भने, ‘कूटनीतिक नियोगभित्र प्रवेश गरी असान्जलाई पक्राउ गर्नसक्ने भनाइ राखेर बेलायतले ठूलो गल्ती गरेको छ, बेलायतले सो भनाइ फिर्ता लेओस् ।’ वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको जनाउँदै उनले बेलायतलाई वार्तामा बस्न सुझाएका छन् । (एजेन्सी)
प्रतिक्रिया