सडक विस्तारमा अनियमितता

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ सुन्दरबजारदेखि दुईपिप्लेसम्मको निर्माणाधीन सडक विस्तार कार्यलाई छानबिनको दायरामा ल्याएको छ । सरकारी कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा साढे १६ किलोमिटर सडक विस्तारमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिनको दायरामा ल्याएको हो ।
सरकारी कर्मचारी र ठेकेदारको मिलेमतोमा किर्ते कागजात तयार गरेर सडक विस्तार कार्यमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढेको अख्तियारले बताएको छ । उजुरीका आधारमा अख्तियारले स्थानीय विकास मन्त्रालयको सडक परियोजना (डिूलिप) का प्रमुख पवनमान श्रेष्ठसहित ठेकेदार र इन्जिनियरलाई अनुसन्धानको दायरामा ल्याएको छ । लमजुङको सुन्दरबजारदेखि दुईपिप्लेसम्मको साढे १६ किलोमिटर ग्राभेलिङ सडक निर्माणको टेन्डर प्रक्रियादेखि नै किर्ते कागजपत्रका आधारमा काम लिनेदिने भएको, ठेकेदार कम्पनीले पेस गरेका अधिकांश कागजपत्र नक्कली भएको जिकिर गर्दै उजुरी परेको थियो । ‘नक्कली कागजपत्रलाई सरकारी कर्मचारीले अनुसन्धान नै नगरी कामको जिम्मा दिएको’ उजुरीमा उल्लेख छ ।
उजुरीकर्ताको दाबीअनुसार २७ वैशाख ०६७ मा लमजुङ जिविसले सडक निर्माणका लागि टेन्डर आह्वान गर्दा १२ फर्मले आवेदन दिएका थिए । तीमध्ये बोलकबोलका आधारमा पाूचौू नम्बरमा रहेका आशीष र शंकरमाली निर्माण कम्पनीले जोइन्ट भेन्चरमा पाएका थिए । सोही बेला अर्को प्याकेजको काम लोकप्रिय र स्वच्छ निर्माण सेवाले जोइन्ट भेन्चरमा पाएका थिए । उजुरीमा किर्ते कागजात बनाउने काममा शंकर माली कम्पनीका प्रबन्ध निर्देशक हेमराज गुभाजुसहित सरकारी कर्मचारी संलग्न रहेको दाबी गरिएको छ । किर्ते कागज गर्दा ७८ लाख रुपियाूबराबरको अनियमितता भएको दाबी गरिएको छ ।
अख्तियार स्रोतका अनुसार ठेकेदार शंकरमालीका हेमराज गुभाजु, लोकप्रियका सुनिल कार्कीलगायतसूग अख्तियारले पटक(पटक बयान लिइसकेको छ । अख्तियारले सक्कली प्रमाणपत्र पेस गर्न उनीहरूलाई आदेश गर्दा पनि हालसम्म बुझाउन सकेका छैनन् । डिूलिपअन्तर्गतका डोल्पा, मुगु, लमजुङ, गोरखालगायत जिल्लामा भएका सडक निर्माणका काममा यस्तै अनियमितता र किर्ते गरिएको उजुरी पनि अख्तियारमा परेका छन् । (सौस)

प्रतिक्रिया