बैद्य र थापावीच भेटबार्ता

काठमाडौं, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
काठमडौंमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक समस्याको समाधान र अन्य विविध विषयमा छलफल भएको हो । विभिन्न दलका प्रमुख नेताहरुसँग मुलुकको राजनीतिक अवस्थालाई लिएर भेट गर्दै आएका थापाले बैद्यसँग भेट गरेका हुन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष थापाले राष्ट्रियता र देशको स्वाधीनतामा आँच आउन थालेको बताए । उनले भने, मुलुकको रक्षाका लागि एक भएर अघि बढ्न नेकपा–माओवादीका अध्यक्ष बैद्यसँग सहमति भएको छ ।’

प्रतिक्रिया