रंग‍-विविध

हलिउड निर्देशकको आत्महत्या

सौर्य अनलाइन २०६९ भदौ ५ गते ०:५८ मा प्रकाशित

लसएन्जलस : हलिउडका चर्चित निर्देशक स्कटले आत्महत्या गरेका छन् । उनले स्थानीय समयअनुसार आइतबार साढे १२ बजे पेड्रो पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले एजेन्सीलाई बताए । हलिउड पत्रिका लस एन्जलस टाइम्सले उनको कारमा सुसाइड नोट
फेला परेको समाचार
छापेको थियो ।
एजेन्सीले जनाएअनुसार उनको सुसाइड नोट कार्यालयमा पनि फेला परेको थियो । त्यसमा के लेखिएको थियो भन्नेबारे भने समाचारमा स्पष्ट पारिएको छैन । ६८ वर्षीय स्कट हलिउडमा डिजिटल प्रविधिको अधिक प्रयोग गर्ने निर्देशकका रूपमा चिनिन्थे । टप गन, डेज अफ थंडर र क्रिमसन टाइमजस्ता एक्सनप्रधान चलचित्र उनैका निर्देशन हुन् । आत्महत्याको कारण अझै खुल्न सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय