बेलायतमा दीनबन्धुको प्रवचन सुन्दा

‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु: निरामया, सर्वे भद्राणि पश्यन्तु माकश्चित् दु:खभाग्जन ।’
‘भगवानले एक वा दुई व्यक्ति वा समूह वा जातजातिलाई मात्र सुख–सुबिधार सन्तुष्टि होस् भन्नुभएको होइन । उहाँले त संसारका सम्पूर्ण प्राणीजगत्र चराचर जगत्का लागि पनि सुख, शान्तिर सुबिधाको कामना गर्नु भएको हो । तर, आज नेपालमा दुर्भाग्य, जातजातिका नाममा एक अर्कामा विभाजन भएको अवस्था छ । त्यस्तो अवस्था बेलायतमा पनि कता–कतारहेछ । जसले हाम्रो समाजका हरेक व्यक्तिलाई चिसिक्क घोचेको छ ।’ बेलायत यात्रामारहेका पण्डित दिनबन्धु पोखरेलको प्राय: प्रवचनको सुरुवात यसरी हुने गरेको छ । बीचबीचमा भजन संगीतबाट श्रोतालाई आकर्षित गराउन उनी छुटाउँदैनन् । ‘भजौँ हरिलाई, भजौँ हरिलाई, यो जिन्दगी भरिलाई भजौँ हरिलाई ।’ उनले भक्तिबारे चर्चा गर्दै भने ‘भक्तिलाई दुई ढंगले परिभाषित गर्नुपर्छ । प्रथम सामान्य भक्ति । यो भनेको जब हामीले कुनै उद्देश्य प्राप्तिका निम्ति सोचमा परेका छौँ भने त्यतिबेला कुनै मन्दिरमा पुगेर भगवान मलाई यी कुराहरू पुर्‍याइदेऊ, मैले तिमीलाई यी–यी कुरा चढाउनेछु भनी कबुल गर्नु वा प्रार्थना गर्नु हो । यो एक प्रकारको सौदा हो, जसमा स्वार्थ लुकेको हुन्छ । यो एक प्रकारको सामान्य भक्ति पनि हो । भक्तिको अर्को रूपलाई मैले यसरी हेर्ने गरेको छु– दुईजना व्यक्तिरहेछन् तीमध्ये एकजना असाध्यै शिवभक्तर अर्का शिवका अति विरोधी । त्यसैबीच एक तेस्रो व्यक्ति कतैबाट आयोर शिवभक्तसँग अचम्म मान्दै भन्यो, महादेवले सियोको प्वालबाट हात्ती छिराएको मैले देखेँ । शिवभक्तले होइन होला, त्यस्तो पनि कही हुन्छ ? भनेर विश्वास गरेन । जब कि ऊ भगवान शिवजीको भक्त थियो । उसले यही कुरा अर्को शिवजीको विरोधीलाई भन्यो, विरोधी व्यक्तिले यसको जवाफमा भन्यो– होला, होला । गँजडीले जे पनि गर्न सक्छन् । शिवले पनि सियोको प्वालमा हात्ती छिरायो होला भनेर विश्वास गर्‍यो । जब कि ऊ शिवको विरोधी थियो । यहाँनिर हामीले निक्र्योल गर्नुपर्ने कुरा के हो भने यी दुईमा अब कुन भक्ति ठूलो त ? भक्तिमा सबभन्दा ठूलो विश्वास हो । भक्तिमा सबभन्दा ठूलो कुरा प्रेम हो । भक्ति भनेको प्रभुप्रतिको विश्वास । भक्ति भनेको प्रभुप्रतिको प्रेमर निष्ठा हो ।’ लामो समयदेखि मातृभूमि, यज्ञ, महायज्ञर प्रवचनबाट टाढारहेका नेपाली जनसमुदाय कुनै नयाँ ज्ञानगुनका कुरा सुन्न निकै उत्साहित देखिन्थे । तथापि सबैजसो पण्डितहरूजस्तै पोखरेल पनि ‘हामीले मृत्युसँग केही लैजान सक्दैनौँ, त्यसैले यहीँ दान गरौँ, यहीँ पुण्य गरौँ’ भन्ने विज्ञापन गर्नबाट अपवादरहन सकेनन् । सायद हिन्दु धर्मको आधार मृत्युपछि पुनर्जन्म अनि स्वर्ग, मत्र्यर पाताल भएर होला ।
पण्डित पोखरेलको यसपालिको बेलायत यात्रालाई ‘कास्टिङ’ बताइएको छ । आगामी अप्रिलमा गैरआवासीय नेपाली संघ बेलायतले महायज्ञ गर्न गइरहेको छ । सोही महायज्ञमा धेरै मान्छे जुटाउने उद्देश्य स्वरूप यो एउटा विज्ञापन हो । विज्ञापन प्राय: गल्तीर विवादरहित हुनुपर्छ । तर, एनआरएनको यो विज्ञापनमा भने केही गल्तीर अहंता देखिएको छ । दिनबन्धुद्वारा गैरआवासीय नेपाली संस्थालाई छाता संगठन भनाउनु उनीहरूको गल्ती मात्र नभएर विवादित कुरा पनि हो । आखिर कस्तो संगठनलाई छाता संगठन भन्ने ?र, छाता संगठन भनेको के हो ? छाता संगठनले गर्नुपर्ने कामहरू केके हुन् ? यसको जिम्मेवारी केके हुन् ? भन्ने परिभाषाविना छाता संगठन भनी शब्द प्रयोग गर्दा संगठनप्रति सकारात्मक प्रभाव पर्नुको बदला यसप्रति वितृष्णा उत्पन्न हुन्छ भन्ने बुझ्नु आवश्यक छ ।
प्रवचनका क्रममा पण्डित पोखरेलले आफ्ना बाबुको हत्याले आफूलाई परेको पीडा व्यक्त छुटाएनन् । जब उनले आफ्ना बाबुको हत्याको प्रसंग ल्याए, समग्र श्रोतागणको मन विह्वल भएको थियो भने उनी स्वयंका आँखारसाएका थिए । उनी क्रोधित मुद्रामा देखिन्थे । चिन्तार कताकता डर पनि उनका आँखामा झल्कन्थ्यो । त्यति हुँदाहँुदै पनि आफ्ना बाबुको प्रवचन शैलीलाई उनले अब्बलरूपमा पच्छ्याइरहेका थिए । उनका प्रवचनका हरेक विषयवस्तुमा यौनघटना, वयस्कर यौनका कुराहरू प्रमुख उदाहरण बने । यौनिकता दर्साउने भागहरू एवं अंग प्रत्यंगहरू उनका प्रवचनका पात्र बने । उनले प्रवचन गर्दा भजन गाएका बेला छोपेर उनका बाबुलाई नजिकबाट चिन्ने पोखरा निवासी एक व्यक्तिसँग छोटो कुराकानी गरेको थिएँ । ‘यी दिनबन्धु पनि ठ्याक्कै बाबुजस्तैरहेछन्, आफ्ना प्रवचनबाट महिला एवं युवतीहरूलाई बढी मन्त्रमुग्ध बनाउने प्रयास गर्दारहेछन्,’ उनको टिप्पणी थियो ।

प्रतिक्रिया