दोहोरो काम गर्ने शिक्षकसँग स्पष्टीकरण

चितवन, ५ भदौ । जिल्ला शिक्षा कार्यालय चितवनले दोहोरो नियुक्ति लिएर काम गरिरहेका शिक्षकसँग स्पष्टीकरण माग गरेको छ ।

कार्यालयले जिल्लाका विद्यालयलाई परिपत्र गर्दै समय खप्टिने गरि दुईमध्ये एउटा पदमा मात्र नियुक्ति लिएर काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
शिक्षा विभागको परिपत्रपछि समय खप्टिने गरी कुनै पनि शिक्षकले दुई विद्यालय वा एउटै विद्यालयमा दोहोरो नियुक्तिमा अध्यापन गर्न नपाउने गरी पत्राचार गरिएको शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । मावि तहमा सञ्चालन हुँदै आएका विद्यालयमा उच्चमावि सञ्चालन हुन थालेपछि दोहोरो नियुक्तिमा काम गर्ने शिक्षकको संख्या बढी छ ।

प्रतिक्रिया