एमालेद्वारा राष्ट्रपतिको बचाउ

काठमाडौं, ४ भदौ । एमालेले निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिवाट अस्वीकृत हुनुलाई स्वभाविक भन्दै राष्ट्रपति डा.रामवरण यादवको बचाउ गरेको छ ।
उसले राष्ट्रपति र सो संस्थाको मर्यादा विरुद्ध दलीय स्वार्थ केन्द्रित प्रचारवाजीमा नउत्रिन अपील गरेको छ । कार्यबाहक अध्यक्ष बामदेव गौतमले आज विज्ञप्तिमार्फत अध्यादेश अस्वीकृत भएको घटनाले सत्तारुढ दलहरुमा छटपटी सुरु भएको टिप्पणी गरेका छन् ।
‘संविधानको कार्यान्वयनमा उत्पन्न गतिरोध अन्त्य गर्नका लागि राजनीतिक दलहरुका वीचमा सहमति अपरिहार्य छ,’ उनले भनेका छन्, ‘वास्तविकतालाई अस्वीकार गर्दै सरकारले एकपक्षीय रुपमा राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गरेको अध्यादेश अस्वीकृत हुनु नितान्त स्वभाविक हो ।’
निर्वाचन आयोगले ‘अन्तरिम संविधान – २०६३’ लाई संशोधन नगरी निर्वाचन सम्भव छैन भनिसकेको अवस्थामा सरकारले संविधानका प्रावधानहरुलाई मिच्ने गरी अध्यादेश प्रस्तुत गरेको भन्दै एमालेले संविधानको सर्वोच्चता र विधिको शासन विपरितको कार्य गर्न नपाईने बताएको छ ।
गौतमले सरकारको सो कार्यलाई अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदम भएको भन्दै घोर निन्दा एवं भत्र्सना गरेको जनाएका छन् । सौर्य

प्रतिक्रिया