वर्षाले स्कुल र चार घर बगायो

भोजपुर, ४ भदौ । अबिरल वर्षाका कारण भोजपुर जिल्लामा एक स्कुल सहित चार घर बगाएको छ ।
सदरमुकामबाट १६ कोष उत्तरी क्षेत्रमा पर्ने चौकीडाँडा–३ स्थित लेङ्गखुवा खोलामा गएराति आएको बाढीले एउटा स्कुल र चार घर बगाएको हो ।
बाढीले सुम्निमा प्राथमिक विद्यालय र नारायणबहादुर राई, श्रीकुमार राई र धनकुमार राईको घर बगाएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर रामकुमार राई र नारायण राईको खुट्टामा चोट लागेको छ । पहिरोमा तीन गाई, चार गोरु, छ वटा बाख्रा, पाँचवटा बङ्गुर र ७० वटा कुखुरा बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया