त्रिशूलीमा ट्रक खस्दा तीन जना बेपत्ता

धादिङ, ४ भदौ । नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको मिनिट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगिमारा–९, ज्यामिरेघाटबाट त्रिशूली नदीमा लु १ ख ४९४२ नम्बरको मिनि ट्रक खस्दा तीनजना बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए ।
दुर्घटनामा ट्रक चालक चितवन मनहरीका सुवास पौडेल, सहचालक तनहुँका दीपक गुरुङ र सोही जिल्ला निवासी १६ वर्षीय रवि गुरुङ बेपत्ता भएका हुन् ।
दुर्घटनास्थलमा भेटिएको बिलबुक र अन्य कागजपत्रको आधारमा अन्डा बोकेर आएको ट्रक सडक छेउको प्यारापिट फुटाएर नदीमा खसेको प्रहरी अनुमान छ ।
त्रिशूली नदीमा पानीको बहाब ठूलो भएकाले बेपत्ता भएकाहरुको खोजी कार्यमा प्रभाव परेको छ ।

प्रतिक्रिया