नेपाली नक्कली नोट सहित पक्राउ

तनहुँ, ३ भादौ । तनहुँ जिल्लामा प्रहरीले नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।
भानु–५ बस्ने ५२ बर्षीय बुद्धि परियारलाई प्रहरीले आज विहान नेपाली १ हजार दरका नक्कली नोट सहित पक्राउ गरेको जनाएको छ । उनको साथबाट १६ थान एक हजार दरका नेपाली नोट र दुई वटा एक मुखे रुद्राक्ष बरामद गरेको छ ।
उनले स्थानीय पसलमा सामान किने पछि नेपाली नक्कली नोटको खुलासा भएको थियो । स्थानीयको खबर पछि तत्काल आएको प्रहरीले नेपालीलाई नियन्त्रमा लिएको थियो ।

प्रतिक्रिया