दाईजो फिर्ता माग्दा सासुलाई खुकुरी प्रहार

ताप्लेजुङ, २ भदौ । ताप्लेजुङको हाङदेवामा आज दिउसो ज्वाईले जेठी सासुमाथि धारिलो हतियार प्रहार गरेर घाईते बनाएका छन् ।
घरायसी बिवादका कारण हाङदेवा–४ निवासी हिमाल भट्टराईले आफ्नै जेठी सासु फुङलिङ–७ निवासी चन्द्रा बराललाई खुकुरी प्रहार गरेका हुन् ।
देब्रे पाखुरामा गम्भीर चोट लागेकी बराल खतरामुक्त रहेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले हतियार प्रहार गर्ने भट्टराइलाई पक्राउ गरेको छ ।
पत्नी कमलासंग बिगत केही समयदेखि सम्वन्ध विग्रिएका भट्टराईले विवाहका क्रममा दिईएको दाईजो जेठी सासु बरालले मागे पछि आक्रोसमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया