यार्सागुम्बासहित तीन जना पक्राउ

सिन्धुपाल्चोक, २ भदौ । सिन्धुपाल्चोकमा प्रहरीले तीन जनालाई यार्सा गुम्बासहित पक्राउ गरेको छ ।
माङखा–१, अरनिको राजमार्गस्थित लामोसाँघु सशस्त्र चेक प्वाईन्टले बा.१ च ९५९१ नम्बरको टोयटा गाडीबाट चार किलो यार्सागुम्बा बरामद गरेको हो ।
शुक्रबार सो गाडीमा चेकजाँच गर्दा अबैधरुपमा ल्याउदै गरको यार्सागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा संखुवासभा जिल्ला चेकुवा–२ बस्ने २६ वर्षीय सयाङ्गो भोटे, २३ वर्षीय स्यांजे भोटे र गाडी चालक सिन्धुपाल्चोक जिल्ला दुवाचौर–९ बस्ने दीपक ज्योती रहेका छन् ।

प्रतिक्रिया