डा.सायमी चिकित्साशास्त्रको डीनमा नियुक्त

काठमाडौं, १ भदौ । त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले आफ्नो पुरानो निर्णयलाई सच्चाउँदै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा.प्रकाश सायमीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
परिषदले वरिष्ठतमका आधारमा डा.सायमीलाई डीनमा नियुक्त गरेको स्रोतले जनाएको छ । डा.सायमी त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकमा पर्छन ।
यस अघि परिषदले प्रा.डा.धर्मकान्त बास्कोटालाई सो स्थानमा नियुक्त गरेको थियो । राजनीतिक भागबण्डाका आधारमा कनिष्ठ डा.बास्कोटालाई डीनमा नियुक्त गरे पछि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसी आमरण अनशनमा बसेका थिए ।

प्रतिक्रिया