दुई अध्यादेश जारी गर्न अस्वीकार

काठमाडौं, १ भदौं । नेपाल सरकारले सिफारीस गरेका निर्वाचन समबन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति डा.रामवरण यादवले अस्वीकार गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ति अनुसार अध्यादेशहरु तत्काल जारी गर्नुको सान्दर्भिकता नदेकिएको जनाईएको छ । राष्ट्रपति डा.यादवले अध्यादेश जारी गर्न नमानेर कामचलाउ सरकार र प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजनीतिक सहमति गरेर मुलुकलाई निकास दिन पुनः कुटनीतिक रुपमा दबाव दिएका छन् ।
‘नेपाल सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार मिति २०६९ साउन १२ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम सिफारिस भएका निर्वाचन समबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०६९ लाई राष्ट्रपति डा.यादवले जारी गर्न अस्वीकार गरेका हुन् ।
‘निर्वाचन आयोगले निर्वाचनको वैधता र विश्वसनियताको निम्ति आवश्यक संवैधानिक एवं कानूनी व्यवस्था र राजनीतिक दलहरुको सहभागिताको निम्ति दलहरुका बीच न्यूनताम सहमति पनि भै नसकेको कारण जनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा २०६९ साल मंसिर–७ गते अर्को संविधानसभा निर्वाचन सम्पन्न गर्न सम्भव नहुने कुराको जानकारी नेपाल सरकारलाई मिति २०६९ साल साउन १५ गते नै गराई सकेकाले अध्यादेश जारी गर्नुपर्ने छ ।
परिवर्तित परिस्थितिमा नेपाल सरकार मन्त्रिपरिषद्द्वारा सान्दर्भिकता देखिदैन ।’ सरकारले मंसिर–७ गते गते का लागि निर्वाचन गर्ने वातावरण बनाउन नसकेको भन्दै आयोगले तोकिएको समयमा निर्वाचन गराउन नसक्ने उल्लेख गरिसकेको छ ।

प्रतिक्रिया