जितेपछि ‘हट स्टार’

एजेन्सी : लन्डन ओलम्पिक सकिएको केही दिन भएको छ । यसबीचमा ओलम्पिक स्टारको चर्चा अझै भइरहेको छ । यसरी चर्चा हुने खेलाडीमा अमेरिकी महिला फुटबल टोलीकै सदस्य धेरै छन् । ओलम्पिक सकिएपछि पनि विभिन्न स्टारको खेलबाहिरका विभिन्न पाटाको चर्चा भइरहेको छ । खासमा अमेरिकी गोल रक्षक होप सोलोले पछिल्लो समयमा र एलेक्स मोर्गनले इएसपिएन म्यागेजिनको कभरका लागि खिचाएको फोटो अत्यन्त चर्चामा रहयो । त्यसभन्दा अघि नै भएको विश्वकप फुटबलको दौरान इएसपिएन म्यागेजिनमा छापिएको स्विमसुट फोटो पनि त्यत्तिकै चर्चामा रहयो । स्विमसुटमा रहेको त्यो तस्बिर अत्यन्त राम्रो र मनमोहक फोटोको सूचीमा रहेको छ । उनले ऐनामा धेरैपटक हेरेर आफू फोटोग्राफीका लागि तयार भएको बताएकी छन् । उनले अमेरिकालाई लन्डन ओलम्पिकमा छनोट गराउने क्रममा चार गोल गरेकी थिइन् ।
ओलम्पिकको फाइनलमा प्रवेश गराउने क्रममा पनि उनले सेमिफाइनलमा क्यानडाविरुद्ध निर्णायक गोल गरेकी थिइन् । पहिलो चरणमा उनले दुई गोल गरेकी थिइन् । प्रतिभाशाली २३ वर्षीय मिडफिल्डर मोर्गन यस ओलम्पिकमा चर्चित केही खेलाडीको सूचीमा रहेकी थिइन् । हाल सरभान्डो कारासको प्रेमिकाको रूपमा पनि चर्चित रहेकी मोर्गनको उक्त फोटो लन्डन ओलम्पिक सकिएपछि एकाएक चर्चामा आएको छ । (एजेन्सी)

प्रतिक्रिया