काठमाडौं : सिजी इन्टरटेनमेन्ट प्रालिको पहिलो प्रस्तुति चलचित्र भिजा गर्ल आगामी असोज १२ गतेबाट प्रदर्शनमा आउनेभएको छ । निर्माण पक्षले बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी गराएको हो । कार्यक्रममा चलचित्रको प्रोमो र गीत पनि सार्वजनिक गरिएका थिए ।
सामाजिक कमेडीलाई विषयवस्तु बनाइएका चलचित्रमार्फत निर्देशनमा प्रचण्डमान श्रेष्ठले डेब्यु गर्दैछन् । ऋचा शर्मा, विनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रीमा विश्वकर्मा, सलोनी राजभण्डारी, मेनुका प्रधानलगायत कलाकारले अभिनय गरेको भिजा गर्लमा कालीप्रसाद बाँस्कोटा र कल्याण सिंहको संगीत, लोकेश वज्राचार्यको सम्पादन छ । कथा–पटकथा निर्देशक श्रेष्ठले नै लेखेका छन् । विदेश जाने धुनमा रहेका युवाका वरिपरि केन्द्रित रहेर काठमाडांैका युवाका सपना र आकांक्षा चलचित्रमा समेटिएको कार्यक्रममा जानकारी गराइयो । (सौस)
प्रतिक्रिया