सर्पदंशको औषधि अभाव

राजविराज, ३२ साउन । सर्पदंशका घटना बढेपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा औषधिको अभावमा बिरामीले उपचार पाएका छैनन् । सर्पदंशका कारण सप्तरीमा बिरामी र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

सर्पदंशबाट बुधबार पोर्ताहा–९ का ३० वर्षीया राधादेवी यादवको मृत्यु भएको छ । खेतमा धान रोपेर घर फर्कने क्रममा यादवलाई मंगलबार साँझ विषालु सर्पले डसेपछि उपचारार्थ राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सर्पदंशका घटना बढे पनि अस्पतालमा पर्याप्त मात्रामा औषधि नभएको अञ्चल अस्पतालका सिनियर अहेव लालकिशोर सिंहले बताए । अस्पतालमा ८० भायल ‘एन्टिस्नेक भेनम’ रहेको र औषधि अस्पतालका लागि पर्याप्त नभएको उनले बताए । ‘बिरामीको अवस्था हेरेर कहिलेकाहीँ ८० भायल औषधिले दुईजना बिरामी ठीक हुन्छन्,’ उनले भने, ‘तर, औषधि अभावका कारण स्टोर खाली छ ।’ अस्पतालमा दैनिक सातजना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको
सिंहले बताए ।

प्रतिक्रिया