पुरिएर एकको मृत्यु/दुई घाईते

काभ्रे, ३० साउन । काभ्रे जिल्लामा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
पाँचखाल–९ मा गएराति पहिरो जाँदा पुरिएर ज्याम्दी–४ बस्ने १७ वर्षीय सरिता पराजुलीको मृत्यु भएको हो । अन्य दुई जना घाईते भएका छन् ।
पहिरोमा पुरिएर घाईते हुनेमा २१ वर्षीया सुमित्रा धिताल र उनकी १० महिनाकी छोरी शिवासेना धिताल रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगीएको छ ।

प्रतिक्रिया