६५ वर्षीय बृद्धामा वैंस चढे पछि…

सिन्धुली, ३० साउन । सिन्धुलीको ककरठाकुर–८ मा एक बृद्धाले नौं वर्षीया वालिकालाई बलात्कार गरेका छन् ।
६५ वर्षीय बृद्ध मानबहादुर तामाङले ९ वर्षीया वालिकालाई बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ । बृद्धाको डर र धम्कीका कारण बलात्कारको घटना एक साता पछि मात्रै सार्वजनिक भएको छ ।
दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउदै आएका वालिकाका बाबुआमा दाउरा बेच्न उदयपुरको कटारी बजार गएका समयमा तामाङले बलात्कार गरेका हुन् ।
बृद्धाले वालिकालाई डरधम्की दिएर बलात्कार गरेका थिए । बलात्कार पछि गम्भीर घाईते वालिकाको उपचार गरिएको छ । उनलाई स्वास्थ्य परीक्षण समेत गरिएको छ । बलात्कार पछि बृद्धाले कसैलाई नभन्न धम्की दिएको पीडित वालिकाले वताईन ।
स्थानीय नमूना क्लवका केही सदस्यले वालिका बलात्कारको घटना थाहा पाएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएका थिए । (तस्विर गुगल)

प्रतिक्रिया