हरिबहादुर रोकायसम्बन्धी डकुमेन्ट्री सार्वजनिक

काठमाडौं, ३० साउन । बार्सिलोना ओलम्पिक खेलेर फर्किएका हरिबहादुर रोकाय काठमाडौं फर्कनेबित्तिकै बेरोजगार भए । यसपछि बिहान प्रशिक्षण गर्ने र मजदुरी गर्ने काममा उनी केन्द्रित भए । मध्यमदूरीका तिनै धावक हरिबहादुर पछि एथलेटिक्सको अफिसियल स्पर्धा छाडेर हाइ अल्टिच्युड रेसमा केन्द्रित भएपछि कीर्तिमानी धावकको रूपमा नयाँ परिचय बनाउन सफल भए । सोमबार अन्तराल मिडिया र नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्जले प्रस्तुत गरेको ‘हरिबहादुर : अ हिडन गाइडनेस अफ वल्र्ड रेकड्र्स’ को मुख्य विषय यही थियो ।
सञ्चार क्षेत्रमा सक्रिय जयनारायण शाह र टंकसिंह ठकुरीले निर्देशन गरेको, रमेश मल्लले मुख्य छायांकन गरेको र शिव पुरीले सम्पादन गरेको डकुमेन्ट्री हरिबहादुरकै व्यक्तिगत जीवनको सेरोफेरोमा रहेको छ । जुम्लाका हरिबहादुरले संसारकै उचाइमा हुने एथरेस्ट म्याराथन सबैभन्दा छोटो समयमा पूरा गरेर कीर्तिमान कायम गरेका थिए । उनको यही कीर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा सामवेश गरिएको तथ्यसमेत उनले धेरै पछि थाहा पाए ।
७ लाख ८ हजार ३ सय १८ रुपियाँ लागत रहेको डकुमेन्ट्रीबाट उठेको रकम हरिबहादुरले स्थापना गरेको कर्णाली एथलेटिक्स क्लबलबाई सहयोग गरिने भएको छ । उनले स्थापना क्लबले नयाँ स्टार खेलाडी जन्माउने लक्ष्य राखेको छ । उनकै क्लबकी विश्वरूपा बुढाले पछिल्लो राष्ट्रिय खेलकुदमा ५ हजार र १० हजार मिटर दौडमा पहिलो स्थान पाएकी थिइन् । यसैगरी उनी युथ ओलम्पिकमा पनि सहभागी भइसकेकी छन् ।
स्वाभाविक रूपमा मानिस दुई ढंगले चचौ गर्नलायक हुन्छन् । एकथरी मार्केटिङ र कस्मेटिक्स दुनियाँका देखावटी ठालुहरू र अर्कोतर्फ अथक मिहिनेत र परिश्रम गरेर आफूलाई स्थापित गराउनेहरू । पछिल्लो कोटीका नायक हरिबहादुर जतिखेर काठमाडांैमा मजदुरी गर्थे र आफूलाई राष्ट्रिय एथलेटिक्सको मूलधारमा स्थापन गराउन मिहिनेत गर्थे, त्यो समय कस्मेटिक्स दुनियाँका ठालुहरूले उनलाई कहिल्यै बुझेनन् । काठमाडौंमा कहिले पनि रमाउन नसक्ने कुरा उनी आफै प्रष्ट भन्छन् । त्यसो त उनले बताएभैँm प्राकृतिक दुनियाँको सुन्दरता चाहनेका लागि काठमाडांै जुम्लासँग तुलना गर्नलायक ठाउँ पनि होइन । उनको यसै प्राकृतिक सुन्दरताप्रतिको मोह र काठमाडौंको बनावटी दुनियाँप्रतिको बेवास्ता नै विश्व कीर्तिमानको एउटा कारण पनि बन्यो । जुम्लामा रहेरै लगातार गरेको अभ्यासका कारण उनी एभरेस्ट म्याराथनमा कीर्तिमान कायम गर्न सफल भए । हरिबहादुरको जीवनमा आधारित भए पनि यसले नेपाली खेलकुदमा साँचो प्रतिबद्धता र समपर्ण हुनेहरूलाई राम्रो चित्रण गरेको छ । उनी त विश्व कीर्तिमानपछि एउटा प्रतिनिधि पात्रको रूपमा चर्चामा आएका मात्र हुन् । २० वर्षअघि उनी जसरी कठोर मिहिनेत गर्थे र खेलकुद विकासका लागि भनेर भाषण गर्दा नथाक्नेहरूले उनलाई बुझेनन् ।
त्यसैगरी बार्सिलोना ओलम्पिकपछि र लन्डन ओलम्पिकपछिको समयमा पनि खेलकुदमा साँचो प्रतिबद्धता हुनेहरूलाई सरोकारवाला र राज्यले पत्याएकाहरूले बुझ्न थालेका छैनन् । दुई दशकअघि उनलाई नुबुझ्नेले दुई दशकपछि उनकै प्रशंसामा शब्दहरू खर्चन थालेका छन् । तर, डकुमेन्ट्री प्रदर्शनको समयमा पनि त्यो सरोकारवाला क्षेत्रका थुप्रै अनुहार देखिए । अहिले पनि नेपाली खेलकुदमा समर्पित र प्रतिबद्ध अनुहारलाई नबुझ्ने हो भने उनीहरूले चाहिँ यो डकुमेन्ट्री हेर्नु र उनको प्रशंसामा शब्द खर्चनको पनि अर्थ छैन । नेपाली खेलकुदका जिम्मेवारवालाले थुप्रै खेलकर्मीको साँचो समपर्णलाई जति बेवास्ता गरे पनि अन्तराल मिडिया, जयनारायाण र टंकसिंहले जुन प्रयास गरे, यो साँच्चै प्रशंसनीय छ ।

प्रतिक्रिया