धारिलो हतियार प्रहारबाट मृत्यु

मोरङ, २९ साउन । मोरङमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
वयरवन–९ बस्ने ४० बर्षीय धनबहादुर गुरुङ्गको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गएराति अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाईते अवस्थामा गुरुङलाई प्रहरीले फेला पारी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

प्रतिक्रिया