सशस्त्र प्रहरीको नाममा ठगी

दाङ, २९ साउन । आफूलाई सशस्त्र प्रहरी बताएर ठगी गर्दै हिडेको एक युवकलाई सशस्त्र प्रहरी वल ज्वालामाई गण कोइलाबासले पक्राउ गरेको छ ।
बेला गाविस वडा ४ बस्ने केशवबहादुर भण्डारी बताउने ऋषिराम भण्डारीलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कोइलाबासले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई ज्वालामाई गण भालुवाङमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरीका उपरीक्षक मानबहादुर रिजाली मगरले जानकारी दिए ।
भण्डारीले दाङ, प्युठान र सल्यानका बिभिन्न स्थानाम आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको बताउदै व्यापारीलाई ठगी गरेका थिए ।

प्रतिक्रिया