दुर्घटना सात नेपाली तिर्थ यात्रुको मृत्यु

काठमाडौं, २९ साउन । भारतको सीतामढीमा नेपाली तिर्थयात्री सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १३ यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा सबै धनुषा जिल्ला निवासी रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाका धर्मनाथ यादव, अरुण कुमार यादव, भुतही पटेरवाका मनोजकुमार राय, कासिन्दर यादव, रामविलास राय, बिल्टीदेवी मण्डल रहेका छन् ।
भारतको झारखण्डबाट दर्शन गरेर फर्किरहेका तिर्थ यात्रु चढेको ज १ ख ६७८ नम्बरको बस आज विहान सीतामढी जिल्लाको कुम्मामा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया