ठूलीभेरीले बाटो कटान गरेपछि समस्या

रुकुम, २९ साउन । रुकुम र जाजरकोट जिल्लाको सीमाना भएर बग्ने ठूलीभेरी नदीले रुकुमको गरायला गाविसमा पर्ने बाटो कटान गरेपछि स्थानीयवासी जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बाटो कटान भएपछि गरायला, घेत्मालगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको हो ।
रुकुमका पश्चिम गाविसको मुख्य व्यापारिक केन्द्र मानिने जाजरकोट जिल्लाको रिम्ना बजारमा सामान किनमेल र अन्य कामका लागि जाने सर्वसाधारण समेत सोही कटानका कारण समस्यामा परेका छन् ।
नदीले वाटो कटान गर्ने क्रम जारी रहेपनि रोकथामको उपाय नगरिएको स्थानीयको गुनासो छ ।
बैकल्पिक वाटो नभएकाले पनि जोखिम मोलेर सोही बाटो हिड्नु पर्ने वाध्यता रहेको स्थानीय वासिन्दा मनकुमार चन्दले वताए ।

प्रतिक्रिया