जनचेतनामूलक दोहोरी भिसिडी

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रको १०औँ वार्षिकोत्सवको अवसर पारेर सुशासन नामक जनचेतनामूलक लोकदोहोरी श्रव्यदृष्य सामग्री सार्वजनिक गरिएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा.बाबुराम भट्टराई र मुख्यसचिव लीलामणि पौडेल तथा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुरेशमान श्रेष्ठले संयुक्त रूपमा सो भिसिडी विमोचन गरे । संग्रहमा सतर्कता केन्द्रका प्रमुख अधिकृत सुरेशमान श्रेष्ठको शब्द, रामजी खाँडको लय, राजु गुरुङ र मुना थापामगरको स्वर छ । ऐन–कानुनको राम्ररी पालना, यही प्रणली नै हो सुशासन बोलको गीतको म्युजिक भिडियोको सरोज ओलीले निर्देशन गरेका छन् ।
लोकदोहोरीको लोकप्रियताका कारण सबैमा जनचेतना फैलाउन सजिलो हुने हुनाले लोकदोहोरी एल्बम बाहिर ल्याएको केन्द्रका प्रमुख अधिकृत सुरेशमान श्रेष्ठले बताए । (कमल ब. सिञ्जाली मगर, प्रशिक्षार्थी)

प्रतिक्रिया