मलेसियामा नेपालीको हत्या

ताप्लेजुङ : रोजगारीका लागि मलेसिया पुगेका एक व्यक्तिको हत्या भएको छ ।
फुङ्लिङ–७ का ३३ वर्षीय कुमार फुरुम्बूको मलेसियामा शनिबार राति मृत्यु भएको हो । उनीमाथि दुई साताअघि छुरा प्रहार भएको थियो । मलेसियाको सुगाइवेकाव सहरको मुनापेपर मिलमा कार्यरत उनी नेपाली साथीको झगडा छुट्याउन जाँदा झगडा गर्नेको छुरा प्रहारबाट घाइते बनेका थिए । उनको उपचारका क्रममा शनिबार राति ज्यान गएको उनीसँगै काम गर्ने धनकुटाका भक्तबहादुर लिम्बूले टेलिफोनमा जानकारी दिए । लिम्बूका अनुसार झगडा गर्ने नेपाली भए पनि परिचय खुलेको छैन । मृतकका पत्नी र छोरी ऋतु छन् । (सौस)

प्रतिक्रिया