ढुवानीका कारण मूल्य आकासियो

रुकुम, २८ साउन । अविरल वर्षापछि आएको पहिरोले रुकुमका ग्रामीण भेगका एक दर्जनभन्दा बढी सडक भत्किएर अवरुद्ध भएपछि व्यापारिक केन्द्रहरूमा खाद्यान्नसँगै अन्य सामानको भाउ अकासिएको छ ।
जिल्लाको मुसिकोट, चौरजहारी, सोलावाङ, धाउने, रुकुमकोट, काँक्री, सल्यान, सल्लीबजार, गाराघाट, आठबिसकोटलगायत जिल्लाका एक दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएपछि खाद्यान्नको मूल्य बढेको हो ।
दुर्गम पहाडी जिल्लाका स्थानीय सडक अवरुद्ध भएपछि रुकुम जिल्लाका ग्रामीण भेगका सर्वसाधारणसमेत समस्यामा परेका छन् ।
वर्षातको समय भन्दै व्यापारीहरूले उपभोग्य वस्तुमा २५ प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् ।
गाउँमा खाद्यान्नको अभाव हुन थालेकोले चर्को मूल्य तिरेरै भए पनि चामल किन्ने गरेको आठबिसकोटका गङ्गाराम विकले बताए ।

प्रतिक्रिया