काठमाडौं, २९ साउन । आन्तरिक विवाद मिलेपछि नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशन माघको पहिलो साता गर्ने जनाएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेविसंघको महाधिवेशन मागको ५, ६ र ७ गते गर्ने निर्णय गरेको जानकारी दिईयो । अधिवेशन हुने स्थानका बारेमा भने पछि टुङगो लगाईने छ ।
संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समर्थक नेविसंघका नेताहरु वीच आन्तरिक विवाद मिले पछि माघको पहिलो साता महाधिवेशन गर्ने निर्णय भएको हो ।
संस्थापनले महाधिवेशन तोके लगत्तै देउवा पक्षका विद्यार्थीले पनि अलग महाधिवेशनको मिति घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । दुई समूहले अघिल्लो पटक घोषणा गरेका महाधिवेनको मिति खारेज भएका छन् ।
मितिः २०६९।०४।२८ गते
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार बन्धुहरु,
नेपाल विद्यार्थी संघका अध्यक्ष श्री रंजीत कर्णको अध्यक्षतामा मिति २०६९।०३।२३ गते देखी मिति २०६९।०४।०२ गते सम्म पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौंमा बसेको औपचारीक बैठकले विभिन्न निर्णय गर्ने क्रममा ४८ जना केन्द्रीय सदस्यहरुले केहि असहमति राखेकाले संगठनको बृहत्तर हितलाई ध्यानमा राखी थप केहि निर्णयहरु समावेश गर्दै सहमतिका आधारमा अगाडी बढ्ने निर्णय गरियो ।
प्रिय विद्यार्थी साथीहरु,
देशको राजनीति इतिहासकै जटिल अवस्थामा पुगेको छ ।हाम्रो आफ्नै पार्टी ने.का.को अग्रसरतामा आज भन्दा सात वर्ष अघि थालनी गरेको वाह्बुदे सम्झौताले तोकेको राष्ट्रिय कार्यभार संविधान सभाको चुनावपछि बामपन्थी दलको नेतृत्वमा चार जना प्रधानमन्त्री हुँदा पनि पुराहुन सकेन । यहि गम्भिर अवस्थामा राजनीतिक पार्टीका शिर्षस्थ नेताहरु देशको विधामान समस्यको निकाश निकाल्न विभिन्न चरणमा बैठकहरु वसिरहेका छन् । यसको बाबजुत हालसम्म कुनै पनि स्पष्ट परिणाम निस्कन नसकेको तितो यथार्थ हाम्रा सामु छदैछ । ६ दशक देखिको लामो सर्घषबाट प्राप्त संविधानसभा माओवादीको रणनितिक चालवाजिको कारण शिकार वनी २०६९।०२।१४ गते भंग हुन पुग्यो, संविधानसभा भंग गर्ने माओवादीको रणनीतिक चालवाजीमा लोकतान्त्रिक शक्ति भनि कहिल्यै नथाक्ने वर्तमान सत्ता साझेदार मधेसी पार्टीहरु समेत षड्यान्त्रको मतियार बन्न पुगे । जुन कारणले नेपाली कांग्रेस र एनेकपा माओवादीको सात बर्षे सहयात्रामा एउटा पूर्णविराम लाग्यो । तर पनि देशको सबैभन्दा पुरानो र परिपक्क लोकतान्त्रिक पार्टी ने.का.का सभापति शुसिल कोइरालाको अगुवाईमा हालैका दिनहरुमा तिन दलको बैठक बसाली बाँकी हाम्रो यात्रालाई सहमति, एकता र सहकार्यको माध्यबाट निरन्तरता दिने समझदारीले देश र जनतालाई केही राहत भएको छ । यो असंवैधानिक भ्रष्ट बाबुराम सरकारको आयु लम्बिदै जाँदा देशलाई थप बर्बादि गर्ने योग्यता बाहेक अरु केही राख्दैन, महङ्गि भ्रष्टचार,अत्याचार,अशान्ति र अन्योलले देशलाई थप आक्रान्त बनाउने निश्चित छ त्यसेैले यो असंवैधानिक सरकारलाई निरन्तरता दिनु भनेको देशमा अर्को दुर्घटना निम्ताउनु हो । त्यसकारण देशलाई अव पुन सहमतिको यात्रामा डोराउने एक मात्र विकल्प नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरि संविधान निर्माणमा बाँकी रहेका कामहरुलाई पुरा गरि लोकतान्त्रिक संविधान बनाउने र संसद्को निर्वाचन गरि जनभावना अनुसार अगाडी बढ्ने हो ।यो अभियानलाई सफलताको चुचुरोमा पुयाउन हामीलाई इतिहासले एउटा नयाँ जिम्मेवारी सुम्पिएको छ । त्यसका लागि यो प्रतिगामि सरकारलाई आन्दोलनद्वारा बर्खास्त गनुपर्छ, साथै ने.वि.संघको द्रुतगतिमा संंगठन निर्माण गरि जिल्ला क्याम्पस अधिवेशन पश्चात हाम्रो महाधिवेशन तोकिएको समयमा भव्य र सभ्य ढंगबाट सम्पन्न गनुपर्छ । ने.वि.संघ केन्द्रीय समितिको मिति २०६९।०३।२३ गते देखी २०६९।०४।२ गते सम्म पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौमा एक हप्ता सम्म चलेको ऐतिहासिक बैठकका केहि महत्वपूर्ण निर्णय र महाधिवेशन कार्यातालिका समेत तपसिल अनुसार सार्वजानिक गरेको छौ ।
संगठन विस्तार, सुदृढिकरण,महाधिवेशन सम्बन्धि प्रस्तावहरु
१.नेपाल विद्यार्थी संघको ११ औं महाधिबेशन २०६९ माघ ५,६र ७ गते आयोजना गर्ने प्रस्ताव गरिन्छ ।
महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न तपशिल बमोजिमको कार्य तालिका तयार गरिएको छ ।
मिति कार्यक्रमको शीर्षक स्थान
२०६९।०५।९ र १० गते सम्म केन्द्रीय सदस्यहरुलाई २ दिने प्रशिक्षण
२०६९।०५।१५ गतेसम्म संगठनको ऐतिहासिक तथा आधिकारीक दस्तावेज तयार गरि मा.वि. उच्च मा.वि., क्याम्पस,विश्वविद्यालय, निर्वाचन क्षेत्र, जिल्ला समिति र केन्द्रीय महाधिवेशन नियमावली र विधान संसोधनमस्यौदा समिति गठन गरी, त्यो समिति मार्फत नियमावली र संसोधित विधान तयार गरी पार्टी नेतृत्वबाट अनुमोदन गराई सक्ने ।
२०६९।०५।१८ गते सम्म केन्द्रीय प्रतिनिधीले जिल्ला र कलेजहरुको गतिविधि बुझी केन्द्रमा सत्य र तथ्यमा आधारीत लिखित रिपोर्ट बुझाई सक्ने, निष्कृय, विवादीत जिल्ला तथा क्याम्पसहरुको सुची बनाई अनिवार्य रुपमा विवाद समाधान गरिसक्ने ।
२०६९।०५।२५ गते सम्म चौध अञ्चलको अञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ।
२०६९।०६।२९ गते सम्म देशभरका सरकारी, निजि क्याम्पस, प्राविधिक शिक्षलय, मा.वि. उच्च मा.वि.हरुमा सदस्यता वितरण र कक्षा कोठा सम्म संगठन विस्तार गरि अनिवार्य रुपमा अधिवेशन सम्पन्न गरि ने.वि.संघको विधानले व्यबस्था गरे अनुरुप महाधिवेशन प्रतिनिधि समेत छनोट गर्ने । सबै नव निर्वाचित र संगठन विस्तार भएका तल्लो इकाइका सबै समितिहरुको अभिलेख केन्द्रमा पठाउने ।
२०६९।०८।२१ देखी २५ गते सम्म देशभरका २४० वटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने ।
२०६९।०८।३० गते सम्म ७५ जिल्लामा जिल्ला अधिवेशन एकै दिन सम्पन्न गरि महाधिवेशन प्रतिनिधी समेत निर्वाचित गर्ने ।
२०६९।०९।१० गते सम्म
महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रकाशन गरि एक प्रति नेपाली कांग्रेसको पार्टी कार्यालयमा बुझाउने र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्ने ।
२०६९।१०।५ देखी ७ गते सम्म केन्द्रीय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने । ( निर्णायार्थ पार्टी नेतृत्व समक्ष प्रस्ताव गर्ने) काठमाडौं, लाहान, विराटनगर, नेपालगंज, विरगंज, झापा, पोखरा, बुटवल र धनगढी मध्ये कुनै एक ठाँउमा गर्ने ।
पुनश्च क्याम्पस, जिल्ला, स्कूल उच्च मा.वि. को अधिवेशन हुनुभन्दा १५ दिन अगावै साधारण सदस्यता वितरण सपन्न गरी सदस्यताको ५० प्रतिसत शुल्क र अर्धकट्टी केन्द्रमा नपठाउने तथा मा.वि. तहको कक्षाकोठा र क्याम्पस तहको कक्षा कोठासम्म संगठन विस्तार नगर्ने कुनै पनि जिल्ला तथा क्याम्पस इकाइलाई महाधिवेशनमा सहभागि गराइने छैन ।साथै संगठन राम्रो गरि नमुना बनाउने जिल्ला समिति तथा क्याम्पस ईकाइलाई ने.वि.संघ केन्द्रीय समितिले पुरस्कृत गर्ने परिपाटिको थालनि गर्नेछ एंव संगठनको वास्तविक अभिलेख संकलनका लागि अभिलेख फर्म तयार गरि सबै तल्लो तहमा पठाउने निर्णय गरियो ।
१. संगठन विस्तार र सुदृढिकरणका लागि यस अघि खटिएका केन्द्रीय प्रतिनिधिको नामवालिमा पुर्नविचार गरि सहमतिका आधारमा विभिन्न जिल्ला, क्याम्पस तथा विश्वविद्यालयमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरियो ।
२. ने.वि.संघको केन्द्रीय अनुशासन समितिमा अशोक बस्ताकोटी र तिलबहादुर अधिकारीलाई थप गर्नको लागि सिफारीस गर्ने निर्णय गरियो ।
३. ने.वि.संघको केन्द्रीय निर्वाचन समितिमा तेज बहादुर रावल र अरुण कुमार पन्जियारलाई थप गर्नको लागि सिफारीस गर्ने निर्णय गरियो ।
४. ने.वि.संघको विधान संसोधन मस्यौदा समिति निम्न अनुसार गठन गरियो ।
संयोजक— मनोज कोइराला
सदस्य — दुरेन्द्र कुमार राई
सदस्य— अन्जन चौलागाई
सदस्य—जगदीश बम
सदस्य—दिपा शिवाकोटी
सदस्य — उत्तम मिश्र
सदस्य—दिपक सोनि
सदस्य—गणेश सापकोटा
सदस्य— जीवलाल खरेल
सदस्य—मंजित तम्राकार
सदस्य—भगवान अधिकारी
सदस्य— उदयकान्त यादव
सदस्य—शकुन्तला त्रिपाठी
सदस्य—बद्री मुडवारी
सदस्य—सुरेन्द्र लौडारी
५. ने.वि.संघको विद्यालय उच्च मा.वि. जिल्ला क्याम्पस विश्वविद्यालय र सिटिईभिटिको नियमवाली मस्यौदा समिति निम्म अनुसार गठन गरियो ।
संयोजक— बैकुण्ठ श्रीवास्तव
सदस्य—विवश वाईवा
सदस्य—रोदना घिमिरे
सदस्य —नृपेन्द्र धिताल
सदस्य—जितेन्द्र ठकुरी
सदस्य—लोकेन्द्र रोकाया
सदस्य— भरत भट्ट
सदस्य—एन्जिला न्यौपाने
सदस्य—युवराज खड्का
सदस्य—सूर्य बहादुर थापा
सदस्य—महेश नेपाली
सदस्य—जीवन खत्री
सदस्य—विरेन्द्र कुमार शर्मा
सदस्य—निर्मल पौडेल
सदस्य—अर्जुन महत्तारा
६. वर्तमान केन्द्रीय समितिमा रहेका सदस्यहरुको मर्यादाक्रमको सुची एक महिनाभित्र सिफारिस गर्ने गरि ने.वि.संघ के.स. लेखनाथ पोख्रेल र विमलचन्द विष्ट सहितको २ सदस्सीय कार्यदल गठन गर्ने निर्णय गरियो ।
८. वर्तमान समयमा देशको राष्ट्रियता कमजोर भएको निष्कर्ष निकाल्दै राष्ट्र र राष्ट्रियताको हित विपरित वर्तमान प्रतिगामी÷ कामचलाउ सरकारद्वारा गरिएको सबै कदमहरु घोर भत्र्सना गर्दै, राष्ट्रियता , सार्वभौमसत्ता नेपालीहरु विचमा रहेको सदियौं देखिको सद्भाव , सहिष्णुता र भातृत्वलाई बलियो बनाउदै राष्ट्रिय एकतालई बलियो बनाउने सन्र्दभमा “जातियता हैन आत्मियता खोजौं साम्प्रदायिकता हैन, राष्ट्रियता रोजौ” भन्ने नाराका काठमाडौंमा चित्रकला कार्यशाला गोष्ठी गर्ने निर्णयका साथै ५ विकाश क्षेत्रमा विद्यार्थी भेला गरि राष्ट्रिय एकता र जातिय सद्भाव गोष्ठि आयोजना गर्ने र देशका हरेक शैक्षिक संस्था र महत्वपूर्ण स्थानहरुमा भित्ते लेखन गर्ने निर्णय गरियो । साथै देशको राज्यपुर्नसंरचना जातिय आाधारमा होइन हिमाल, पहाड र तराइलाई मिलाएर आर्थिक सामथ्र्य र पहिचानलाई समेत समेटी सानो संख्यमा हुनुपर्छ भन्ने निर्णय गरियो ।
९. नेपाली कांग्रेसका स्व. नेताहरु वि.पी.कोइराला सुवर्ण शम्सेर , गणेशमान सिहं , कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाममा भलिवल तथा बास्केटवल आयोजना गर्ने निर्णय गरियो ।
१०. सम्पूर्ण जिल्ला देखी केन्द्रसम्मको विकाश बजेटको कम्तीमा ५ प्रतिशत खेलकुद क्षेत्रको लागि छुट्टाउन शसक्त रुपमा पहल गर्ने निर्णय गरियो ।
११. ने.वि.संघले नेतृत्व गरेको र वर्तमान समयमा विद्यार्थी हक हितमा भईरहेका शैक्षिक आन्दोलनलाई र ने.वि.संघका जायज मागहरु पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरियो ।
जयनेपाल ।
रंजीत कर्ण
अध्यक्ष
प्रतिक्रिया