विद्यालय कर्मचारीमा नयाँ नेतृत्व

वीरगन्ज, २८ साउन । सातबुँदे वीरगन्ज घोषणापत्र जारी गर्दै नेपाल विद्यालय कर्मचारी युनियनको प्रथम महाधिवेशन सकिएको छ ।

वीरगन्जमा सम्पन्न दुईदिने महाधिवेशनले सातबुँदे वीरगन्ज घोषणापत्र जारी गरेको हो । महाधिवेशनले सुरेन्द्रप्रसाद कानुको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत चयन गरेको छ ।
समितिका वरिष्ठ उपाध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष यादवप्रसाद दाहाल, महिला उपाध्यक्ष कौशिला कुँवर, महासचिव कमलप्रसाद खतिवडा र सचिव नवराज कठायत चयन भएका छन् । त्यस्तै मध्यमाञ्चल उपाध्यक्षमा सुरेन्द्र कर्ण र पश्चिमाञ्चल उपाध्यक्षमा हिमलाल अधिकारीलाई चयन गरिएको छ । बाँकी १३ सदस्य अध्यक्षले पछि मनोनयन गर्ने नवनिर्वाचित महासचिव खतिवडाले जानकारी दिए । महाधिवेशनले जारी गरेको सातबुँदे वीरगन्ज घोषणापत्रमा सर्वोच्च अदालतबाट विद्यालय कर्मचारीका पक्षमा फैसला कार्यान्वयन गराउँदै विद्यालयका पियन, लेखापाल, कर्मचारीलाई निजामतीसरह हकअधिकार दिलाउन आवश्यक कानुनी उपचार एवम् आन्दोलन गर्ने उल्लेख छ ।
त्यस्तै सबै जिल्ला शिक्षा कार्यालयले शिक्षा समितिलगायतका बैठक, कार्यक्रममा विद्यालय कर्मचारी युनियनका जिल्ला अध्यक्षलाई अनिवार्य सहभागी गराउन माग गरिएको छ ।

प्रतिक्रिया