रुकुममा वेवारिसे वम फेला

रुकुम, २७ साउन । रुकुममा बेवारिसे अवस्थामा एउटा पाइप सकेट बम फेला परेको छ ।
आज दिउँसो रुकुम सदरमुकाम खलंगाको छिमेकी गाविस छिवांग–४ मा बेवारिसे अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवराज वुढाथोकीले जानकारी दिए ।
उनका अनुसार स्थानीय गोठाला केशरवहादुर खोत्रीले घाँस काट्ने वेला सेकट बम फेला पारेका हुन् । बम भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका कारण कुने अप्रीय घटना भने हुन पाएन ।
बमलाई नेपाल प्रहरी र नेपाली सेनाको दी फेमश महिन्द्रा दल गणको डिस्पोजल टोलीले निष्कृय वनाएको छ ।
पाखाको भित्तामा ठाडिएको अवस्थामा बम फेला परेको हो । पाइप बम करिव १५ सेमी लम्बाईको प्रहरी निरीक्षक वुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया