दाङ, २७ साउन । हड्ताल अवाज्ञा गरेको भन्दै सडकमा उत्रिएका यातायात व्यावसायी र मजदुरले दाङमा विभिन्न सवारी साधनमा तोडफोड गरेका छन् ।
आन्दोलनरत यातायात व्यावसायीले दाङको गोग्लीमा दुईवटा टिप्पर र ट्राफिक चोक नजिकै सिटिजन बैंकको बा ६ च ३७३८ नम्बरको जीपमा तोडफोड गरेका हुन् । तोडफाडवाट गाडीका सवै सिसा फुटेका छन् ।
विभिन्न माग राख्दै बन्द आह्वान गरेका व्यावसायीहरुले निजी सवारी साधन चल्न दिन भने पनि निजी सवारी साधनले यात्रु ओसार्न थालेको भन्दै सवारी साधनमा रोक लगाएका छन् ।
यातायातका साधन नचल्दा दाङमा सर्वसाधारणहरु मर्कामा परेका छन् ।
प्रतिक्रिया