काठमाडौं, २६ साउन । उपराष्ट्रपति परमानन्द झाले मुलुकको निकासका लागि संविधानसभाको पुनःस्थापना उपयुक्त हुने बताएका छन् ।
उनले संविधानसभाबाट खोजिने निकास नै अहिलेको उपयुक्त विकल्प हुने टिप्पणी गरे । कान्तिपथस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले प्रमुख दलहरुवीच सहमति गरेर अन्तरिम संविधानलाई संविधानसभाबाटै संशोधन गर्न सुझाव दिए ।
उनले भने, ‘संविधानसभाको पुनःस्थापना वा निर्वाचन जुनसुकै विकल्पमा जान पनि संविधान संशोधन संविधानसभा पुनःस्थापना गरेरै गर्नु उपयुक्त हुन्छ ।’
उनले बाधा अड्काउ फुकाएर संविधान संशोधन हुन नसक्ने स्पष्ट पारे । उनले भने, ‘गतिरोधको अन्त्य राष्ट्रपति वा उपराष्ट्रपतिले गर्न सक्दैनन् ।’
प्रतिक्रिया