काठमाडौं, २६ साउन । विगतमा भएका सहमति कार्यान्वयन हुने पर्ने माग गरेर यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर संगठनहरुले आह्वान गरेको हड्तालका कारण मुलुक भरिको जनजीवन कष्टकर बनेको छ ।
व्यवसायी र मजदुरहरुले माग पुरा गराउन भाडाका सवारी साधन चल्न नदिएपछि आवागमन प्रभावित भएको हो । राजधानी लगायत मुलुक भरि यात्रुले सास्ती बेहोर्नु परेको छ ।
यातायात व्यवसायी र मजदुरहरुले आजदेखि अनिश्चितकालका लागि भाडाका सवारी साधन चल्न नदिने जनाएका छन् ।
आफ्नो हड्ताल सफल बनाउन यातायात व्यवसायी, मजदुरहरु सडकमा उत्रिएका छन् ।
यातायात व्यवसायीले ट्राफिकलाई सडकमै जरिवाना लिन दिईएको अधिकार फिर्ता गर्नुपर्ने, यातायात मन्त्रालय गठन गर्नुपर्नेलगायतका माग अघि सारेका छन् । (तस्विर गुगल)
प्रतिक्रिया