रौतहट, २५ साउन । रौतहट जिल्लाको औरैया गाविसमा सर्पले डस्दा दुई बालबालिकाको मृत्यु भएको छ ।
गएराति घरमै सुतिरहेका औरया–२ का सीताराम भगतको १० वर्षीय छोरा लक्ष्मीलाई सर्पले टोकेपछि उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो ।
त्यसैगरी औरया–७ का मदन साहको डेढ वर्षीया छोरी अर्चनाकुमारीलाई बुधबार बेलुका आँगनमा सर्पले टोक्दा मृत्यु भएको छ ।
यसैवीच, रौतहटको जयनगर–७ मा खुर्सेद मियाँको गोठमा गएराति आगलागी हँुदा एक चौपाया भैँसी तथा खसी जलेर मरेको छ भने घर पूर्णरूपले जलेर नष्ट भएको छ ।
चौपाया रहेको गोठमा लामखुट्टे भगाउन बालेको आगो सल्किएर घर जलेको हुनसक्ने प्रहरीको अनुमान छ । गोठ पूर्णरूपले जलेर नष्ट हुँदा एक लाख ३६ हजार मूल्य बराबरको क्षति भएको पीडितले जनाएको छ ।
प्रतिक्रिया