आन्दोलनले खाना पकाउने ग्याँस अभाव

काठमाडौं, २५ साउन । ग्याँस उद्योगीहरुको आन्दोलनका कारण राजधानीमा खाना पकाउने एलपी ग्याँसको अभाव सुरु भएको छ ।
भारतबाट नेपालको भन्सार नाकामा आएका ग्याँसका ट्याङ्करहरुको क्लियरेन्स बन्द गरेपछि उपत्यकामा ग्याँसको अभाव सिर्जना भएको हो ।
लामोसमयदेखि ग्याँसको अभाव झेल्दै आएका उपत्यकावासीले उद्योगीहरूको आन्दोलनबाट थप सास्ती खेप्नुपरेको छ ।
एलपी ग्याँस उद्योग संघले सरकारले आफ्ना १६ बुँदे माग पूरा नगरेको भन्दै हिजोदेखि भारतबाट नेपालको भन्सार नाकामा आएका ग्याँसका ट्याङ्करहरूको क्लियरेन्स बन्द गरिसकेको छ ।

प्रतिक्रिया