बाँसुरी बजाएर बस्नु हुँदैनः विजुक्छे

काठमाडौं, २४ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति डा.रामवरण यादवले मुलुकलाई निकास दिन निर्णायक कदम चाल्नु पर्ने बताएका छन् ।
गृह जिल्ला भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले मुलुकलाई निकास दिन राष्ट्रपति डा.यादवलाई निर्णायक कदम चाल्न सुझाव दिए । ‘राष्ट्रपतिले मुलुकलाई निकास दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रपति बाँसुरी बजाएर बस्नु हुँदैन ।’
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद त्याग्न सुझाव दिएका विजुक्छेले मुलुकलाई बन्धक बनाएर राख्न नमिल्ने बताए । उनले भट्टराईकै कारण राष्ट्रियता खतरामा परेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया