संघको बन्दले सर्वसाधारणलाई सास्ती

काठमाडौं, २४ साउन । कामचलाउ सरकारको बर्खास्त र सहमतिका लागि दबाव दिन सडक आन्दोलन गर्दै आएको एमाले निकट युवा संघ नेपालले आह्वान गरेको नेपाल बन्दका कारण आज पनि सर्वसाधारणले मुलुक भरी सास्ती बेहोर्नु परेको छ ।
काठमाडौं उपत्यकामा तीन घण्टा र उपत्यका बाहिर चार घण्टासम्म भएको बन्दका कारण यात्रुले समस्या भोग्नु परेको हो ।
बन्दका क्रममा सवारी साधन, वजार, पसल, उद्योगलगायत प्रभावित भएको प्रहरीले जनाएको छ ।
बन्द खुले पछि सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ ।
बन्द उलंघन गरेको भन्दै केही स्थानमा संघका कार्यकर्ताले सवारी साधनमा तोडफोड समेत गरेका छन् ।
बन्दका क्रममा संघले शिक्षण संस्थाका सवारी साधन र विद्यालय तथा क्याम्पसहरुमा कुनै अवरोध नगरेको जनाएको छ । संघले दुई दिन यता बन्द गर्दै आएको छ ।

प्रतिक्रिया