दुर्घटनामा एकको मृत्यु, १२ यात्रु घाईते

चितवन, २२ साउन । चितवनको नारायणगढ मुग्लीन सडकखण्ड अन्र्तगत रामनगर भर्तेनी जंगलमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा बसमा सवार अन्य १२ यात्रु घाइते भएका छन ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ४ ख १५४४ नम्बरको बसले अन्य सवारी साधनलाई साइड दिने क्रममा अनियन्त्रित भै सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते मध्ये गम्भीर ९ यात्रुलाई उपचारका लागि कलेज अफ मेडिकल साईन्सेज भरतपुर र ३ जनालाई भरतपुर अस्पतालमा ल्याइएको छ ।
बसमा ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया