बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं, २३ साउन । काठमाडौं आउदै गरेको यात्रु बाहक बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुने यात्रुको संख्या १२ पुगेको छ ।
दुर्घटनामा ३१ यात्रु घाईते भएका छन् । भैरहवाबाट काठमाडौं आउदै गरेको ना १ ख ७०५१ नम्वरको बस आज विहान सिम्लेस्थित महेश खोलामा दुर्घटना भएको हो ।
दस यात्रुको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
मृत्यु हुनेमा कोपुवा–४ कपिलवस्तुका बलराम चौधरी, रुद्रपुर–२ रुपेन्देहीका मोहन नगरकोटी, गुल्मी तम्घास–३ की पार्वती घर्तीमगर, मानपकडी–४ रुपन्देहीका फडिन्द्र सुवेदी, बुटवलका सुशील घर्तीमगर, कास्की पोखरा–६ का रञ्जन थापा, बुटवल–१५ का शेरबहादुर थापा, ठेगाना नखुलेका केशव सारु र राममिलन चौधरी, कपिलवस्तुका अबध किशोर चौधरीलगायत रहेका छन् ।

प्रतिक्रिया